अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आकाशमै ठोक्किए दुई विमान, चारजनाको मृत्यु

आकाशमै ठोक्किए दुई विमान, चारजनाको मृत्यु


काठमाडौ -अमेरिकाकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टको आकाशमा नै दुई विमान ठोक्किएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार मध्याह्न विमानहरु एकापसमा ठोक्किएका हुन्। यो क्रममा चारजनाको मृत्यु भएको छ।

दुर्घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले जानकारी दिएको छ।
विमानस्थलमा पाइपर पीए–४६ विमान अवतरण गर्ने तयारी गरिरहेको समयमा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

दुवै विमानमा २र२ जना सवार थिए। यद्यपि विमानमा सवार मानिसहरु को थिए भन्ने जानकारी दिइएको छैन।