अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको जोरपाटीमा निस्किएको ग्यास मिथेन भएको पुष्टि

काठमाडौंको जोरपाटीमा निस्किएको ग्यास मिथेन भएको पुष्टि


काठमाडौं – काठमाडौं जोरपाटीमा पानीको बारिङ खन्ने क्रममा निस्किएको ग्यास मिथेन भएको पुष्टि भएको छ।

जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो। उक्त ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका कर्मचारीहरु स्थलगत अध्ययनका लागि घटनास्थल गएका थिए।

खानी तथा भूगर्भ विभागको विज्ञहरुले उक्त ग्यास मिथेन भएको जानकारी दिए। ग्यास निरन्तर रुपमा निस्किइरहेको छ। उक्त क्षेत्रमा आगलागी लगायतका दुर्घटना नहोस् भनेर दमकल र सुरक्षाकर्मीहरु तैयारीका साथ राखिएको छ ।