काठमाडौ -देशका धेरै स्थानमा गएराती देखि निरन्तर वर्षा भइरहेको छ ।
जल तथा मौसम विञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा अहिले वर्षा भइरहेको छ ।
गत २४ घण्टाको अवधीमा काठमाडौं उपत्यकामा भारी सबभन्दा बढी वर्षा भएको छ । यस अवधीमा उपत्यकामा ८० मिलिलिटर वर्षा भएको छ । जारी वर्षा अझै केही बेर रहने विभागका मौसमविद्ध् समिर श्रेष्ठले भन्नुभयो ।
आज दिनभर पहाडी भेगमा चट्याङ सहित हल्का वर्षा हुनेछ भने प्रदेश १ र सुदुरपश्चिमका केही भागमा भारी वर्षाको सम्भावना छ ।




प्रतिक्रिया