काठमाडौ- अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।
थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । कोरोना संक्रमण भए पनि बाइडेनको स्वास्थ्य सामान्य छ । उहाँले भर्चुअल माध्यमबाट बैठकहरुमा सहभागिता जनाइरहनु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।




प्रतिक्रिया