अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गएराती देखि नै काठमाडौ लगायत देशका विभिन्न भागमा वर्षा,दिउसो पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा हुने

गएराती देखि नै काठमाडौ लगायत देशका विभिन्न भागमा वर्षा,दिउसो पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा हुने


काठमाडौ -गएराती देखि नै काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू(भागका केही स्थानहरूमा र अन्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।