काठमाडौ- नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
डा. शेखर कोइराला समूहबाट उम्मेदवार बन्नुभएका लम्सालले संस्थापन पक्षका उम्मेद्वार अनिता विन्दुलाई पराजित गर्नुभएको हो ।
प्रेस युनियनको बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवसहित अधिकांश पदमा पनि लम्साल समुहकै उम्मेदवार बिजयी बनेका छन ।
लम्साल ८ वर्षअघि भएको आठौं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित हुनुभएको थियो ।
युनियनको बरिष्ठ उपाध्यक्षमा पनि लम्साल समुहकै प्रेम केसी बिजयी हुनुभएको छ भने महासचिवमा पनि सोही प्यानलका दिलिप पौडेल निर्वाचित हुनुभएको छ । यस्तै खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल सर्वाधिक मतसहित बिजयी हुनुभएको छ ।
अधिकांश पदमा लम्साल समुहको बाहुल्यता रहँदा एक खुला उपाध्यक्ष र कोषाध्यक्षमा भने संस्थापन समुह बिजयी बनेको छ । दुईमध्ये बाँकी रहेको एक खुला उपाध्यक्षमा संस्थापन पक्षका भिष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल बिजयी हुनुभएको छ । केन्द्रीय समितिमा पनि लम्साल समुहकै बाहुल्यता रहेको छ ।




प्रतिक्रिया