अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जातीय विभेद समतामूलक समाज निर्माणको बाधक : अध्यक्ष ओली

जातीय विभेद समतामूलक समाज निर्माणको बाधक : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरेर समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल जातीय उत्पीडित समाज झापाले बिर्तामोडमा आज आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव–मानवबीचको विभेद अशोभनीय, अन्यायपूर्ण र गलत भएको भएको बताउनुभयो ।  

शिक्षा र आर्थिक अवस्था कमजोर हुँदा मानिस विभेदको शिकार हुँदै आएको उहाँको भनाइ थियो । उहाँले जातीय, वर्गीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद समतामूलक समाज निर्माणको बाधक रहेको उल्लेख गर्नुभयो । व्यवहारिकरुपमै जातीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “त्यसका लागि एमालेले उत्पीडित समुदायका अगुवालाई सङ्गठित गरेर नेपाल जातीय उत्पीडित समाज गठन गरेको हो ।”