अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरिँदै

भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरिँदै


काठमाडौं – नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल नियन्त्रण गर्न भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागू हुने भएको छ। 

मोबाइल आयातकर्ता संघ र प्राधिकरणबीच काठमाडौंको सोल्टी होटलमा आयोजित ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’ गोष्ठी गर्दै एमडीएमस सिस्टम लागू गर्ने सहमति भएको हो।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो। मोबाइल आयत संघका अध्यक्ष दिपक कुमार मलहोत्राले मोबाइल फोनको व्यवसायमा देखिएको अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस  लागू गर्न अब ढिला गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गैरकानुनी रुपमा भित्रिने फोनहरुमध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएको छ।’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।