अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर महानगर कार्यलय अघिको पार्किङ आजबाट निशुल्क

ललितपुर महानगर कार्यलय अघिको पार्किङ आजबाट निशुल्क


ललितपुर- ललितपुर महानगरपालिकाले आजबाट कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ।

महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।

यसअघि महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि आजबाट निःशुल्क पार्किङ सेवा सञ्चालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो।
पार्किङ शुल्क हटेसँगै यहाँ २२५ वटा मोटरसाइकल एकतर्फी रूपमा सेवाग्राही र अन्यले निः शुल्क पार्क गर्न पाउँछन्।

यसअघि ललितपुर महानगर अगाडिको सडकमा वडाले सवारी पार्किङ गरेवापत पैसा लिँदै आएको थियो।
यसअघि सार्वजनिक सडकमा जथाभावी सवारी शुल्क लिँदै आएको गुनासो बढेपछि महानगरले कुमारीपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको छ।

निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक(चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि महानगरले ल्याएको छ ।

सडकका दुबै किनारमा सवारी साधन पार्किङ गरिँदा यातायात र पैदलयात्री आवागनमा ठूलो समस्या रहेको देखिन्छ । सहरका भित्री सडकमा देखिने गरेका समस्याले मुख्य सडकमार्गमा सवारीको जाम बढ्ने गरेको छ ।

त्यसैलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई जरिवाना तिराउने निर्णय गरेको हो।

जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीलाई जरिवाना तिराउन र पाङ्ग्रा ९ह्विल० लक गर्न थालिएकोछ ।

नगर प्रहरी र ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा उक्त कार्यक्रम शुरु गरिएको हो । पैदलयात्रीलाई हिँड्न असहज हुने ढंगले जथाभावी पार्किङ गरिएकाले यो कदम चालिएको बताइएको छ।

ललितपुर महानगरले बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृति लिएका व्यापारिक भवनहरूको अनुगमन भइरहेको र मापदण्ड विपरित अन्य ब्यापारिक प्रयोजनका लागि बनाइएका संरचना हटाइने जानकारी दिको छ ।