अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरीको पानी वीरेन्द्रनगर ल्याइने,नगरपालिका र खानेपानी विभागबीच सम्झौतामा हस्ताक्षर

भेरीको पानी वीरेन्द्रनगर ल्याइने,नगरपालिका र खानेपानी विभागबीच सम्झौतामा हस्ताक्षर

प्रमुख ढकाल भन्नुहुन्छ : चुनावी प्रतिवद्धता क्रमश कार्यान्वयन गर्दैजान्छु


नेपालगञ्ज- निर्वाचनको बेला तीनवर्ष भित्र वीरेन्द्रनगरबासीलाई खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकी नगरप्रमुख मोहनमाया ढकालले आज भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमकान्त दवाडीबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेकपा एमाले वीरेन्द्रनगरले चुनावी घोषणा पत्रमा तीनवर्ष भित्र भेरी लिफ्ट आयोजना निर्माण सम्पन्न गरी उपत्यकाबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । ‘उपत्यकाको ठूलो समस्याको रुपमा रहेको खानेपानी अब केही वर्ष भित्रै निराकरण हुनेछ । हामीले एउटा बृहत खानेपानी योजनामा हस्ताक्षर गरेका छौं ’ ढकालले भन्नुभयो ‘यो योजना सफल पार्न नगरपालिका अहोरात्र खट्नेछ ।’

नेकपा एमाले विरेन्द्रनगरले स्थानीय तह निर्वाचनमा जारी गरेको प्रतिवद्ता पत्र

नेपालगञ्जमा विभिन्न नगरपालिकासँग खानेपानी तथा सरसफाइ मन्त्रालय,प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालय र खानेपानी तथा ढल निकास विभागले आजै सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणीराम गेलाल,प्रदेशका सचिव देवराज निरौला र महानिर्देशक रमाकान्त दवाडी हुनुहुनथ्यो । यस्तै नगरपालिकाको तर्फबाठ प्रमुख ढकाल,प्रमुख प्रशासकीय अधिकृत नुरहरी तिवारी र वीरेन्द्रनगर उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणी देवकोटा उपस्थित हुनुुहन्थ्यो ।

करिब ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो अयोजना दुई चरणमा सञ्चालन हुनेछ । ढकालका अनुसार पहिलो तीन वर्षमा पहिलो चरणको पानी विरतण हुनेछ । दोस्रो तीनवर्षमा योजना पूर्ण रुपमा सञ्चालन हुनेछ । आयोजना सम्पन्न गर्न करिब ६ अर्व रुपैंया लगानी हुनेछ ।