अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटासुमो दुर्घटना

विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटासुमो दुर्घटना


विराटनगर- विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटनामा परेको छ ।

विराटनगर-३ भट्टा चोकबाट चोर लिएर भाग्दै गरेको टाटा सुमो भ्यान विराटनगर-२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज राजकुमार कार्कीले जानकारी दिए ।
‘भर्खरै चतराबाट आएको थिए, गाडी धोइपखाली घरभित्र छिरेर कपडा फेर्न नपाउँदै चोरी भयो,’ घटनास्थलमा भेटिएका अधिकारीले भन्नुभयो,‘ गाडी यहाँ ल्याएर दुर्घटना गराएछ ।’

प्रहरीका अनुसार को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो ।