काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।
समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो ।
प्रधान गत निर्वाचनमा सोही क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै, बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।
प्रतिक्रिया