अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी कार्यालयको नयाँ समय आजदेखि लागू, अब ४ बजेसम्म मात्रै सेवा

सरकारी कार्यालयको नयाँ समय आजदेखि लागू, अब ४ बजेसम्म मात्रै सेवा


काठमाडौं-आज (कात्तिक १६ गते)देखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ। अब आगामी माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन्।

सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय सातामा पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए।

हिउँदको समयमा साँझ चाँडै अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार हिउँदयामका लागि कार्यालय समय समायोजन गरिएको हो।

यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै गरिएको उक्त निर्णयलाई सरकारले निरन्तरता दिँदै आएको छ।