अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा रित्तियो नेकपा एस, उपाध्यक्षसहित एमालेमै फर्किए सवै नेता–कार्यकर्ता

सर्लाहीमा रित्तियो नेकपा एस, उपाध्यक्षसहित एमालेमै फर्किए सवै नेता–कार्यकर्ता


सर्लाही – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सर्लाहीका वरिष्ठ उपाध्यक्ष, सचिवसहित अधिकांश नेता कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन्।

आज सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरेर उनीहरूले समाजवादी परित्याग गरेको घोषणा गरेका हुन्।

एकीकृत समाजवादी पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष देवेन्द्र यादव, जिल्ला सचिव गोविन्द अधिकारी, उप सचिव लीलादेवी कोइराला, हरिवन नगर कमिटी अध्यक्ष चुडामणि वाग्ले, हरिपुर नगर कमिटी अध्यक्ष चुडामणि धामी, इश्वरपुर नगर कमिटी अध्यक्ष मेनकुमार गौतम सहितका नेता कार्यकर्ताले एकीकृत समाजवादी परित्याग गरि एमालेमा समाहित भएको घोषणा गरेका हुन्।

उहाँहरूलाई एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमलादेवी महतो, केन्द्रीय सदस्य बद्री न्यौपाने, जिल्ला अध्यक्ष राजनारायण साह, मधेस प्रदेश उपाध्यक्ष रेवती पन्त, संविधान सभा सदस्य हरि उप्रेतीसहितका नेताले अबिर र खादा पहिर्याउँदै पार्टीमा स्वागत गर्नुभयो ।

एमालेसँग फुटको औचित्य पुष्टि नगरी एकीकृत समाजवादीलाई  माओवादीमा विलय गर्ने तयारी पार्टी नेतृत्वले गरेपछि आफूहरुले एमालेमा समाहित हुने निर्णय गरेको सचिव गोविन्द अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

अधिकांश नेता एमालेमा फर्किएपछि सर्लाहीमा एकीकृत समाजवादीलाई ठूलो क्षति भएको छ।

एमाले विभाजन हुँदा सर्लाहीका अधिकांश पुराना नेता माधव नेपाल नेतृत्वको समाजवादीमा लागेका थिए। नेताहरू लक्ष्मण पौडेल, प्रदेश सांसदद्वय डिल्ली उप्रेती र बेची लुँगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा सहितका नेताहरुले भने समाजवादी छाडेका छैनन्।

पार्टी विभाजन हुँदा गएको स्थानीय चुनावमा एमालेले साबिकमा जितेका सर्लाहीका चारवटा नगरपालिकाको नेतृत्व गुमाएको थियो।

Skip This