अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेंगु रोग नियन्त्रणका लागि प्रभावकारी पहल गर्न एमाले झापा स्वास्थ्य विभागको माग

डेंगु रोग नियन्त्रणका लागि प्रभावकारी पहल गर्न एमाले झापा स्वास्थ्य विभागको माग


झापा -नेकपा एमाले झापाको स्वास्थ्य तथा जनसंख्या विभागले देशभर डेंगु रोगको प्रकोप बढिरहेको अवस्थामा सरकारले रोकथाम र नियन्त्रणका लागि कुनै पहल नगरेको जनाएको छ ।
विभागको बैठकपछि प्रमुख प्रोमिश गिरीले प्रेसनोट जारी गर्दै नेपाल सरकारले डेंगु रोगको प्रकोप नियन्त्रणमा सन्तोषजनक काम गर्न नसकेको उल्लेख गर्नु भएको छ ।

डेंगु जाँच पड्ताल र उपचारलाई सहज, सरल एवम् आम सर्वसाधारणसम्म पुग्ने गरी व्यवस्था गर्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख गिरीले डेंगु नियन्त्रणका लागि जनचेतना जगाउन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य यथाशीघ्र सञ्चालन गर्न आग्रह पनि गर्नुभएको छ ।

आम सर्वसाधारणलाई पनि चेतना जागरण गर्दै विभागीय प्रमुख गिरीले लामखुट्टेले टोक्न नपाउने गरी शरीर ढाक्नेगरी कपडा लगाउन, घर वरिपरी सफा राख्न, पानी जम्ने खाल्डाखुल्डी तथा अन्य सामानहरु व्यवस्थित गर्न पनि प्रेसनोटमार्फत् आग्रह गर्नुभएको छ ।