अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आफ्ना दर्जनौं कार्यकर्तासहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । केन्द्रीय सदस्य शाही दैलेखका स्थायी बासिन्दा हुनुहुन्छ ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

उहाँहरूसँगै काठमाडौं, सिन्धुली, दाङ, डोटी, गुल्मी, कैलाली, बझाङ, कञ्चनपुर, बाँके र बर्दियाका राप्रपा नेपाल, नेपाली काँग्रेस र माओवादी केन्द्रका एकसयभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 
एमाले प्रवेश गर्नेहरूमा काठमाडौंबाट अम्बिका उप्रेती, अमिस उप्रेती, रेश्मा उप्रेती, सरोज उप्रेती, विकास उप्रेती,लोकनाथ मैनाली, बुद्धिनाथ उप्रेती, झरनादेवी कटुवाल, मञ्जु गौतम, सरीता खड्का, सीता लिम्बु र ज्योती उप्रेती लगायत हुनुहुन्छ ।

त्यसैगरी दैलेखबाट जानकी शाह, कल्पना शाही, दुधा शाही, सर्जन शाही, अन्जनाकुमारी शाहीलगायत हुनुहुन्छ भने कैलालीका प्रदीप शाही, रोशनी साउद, राधा धामी, कञ्चनपुरबाट रक्षा तोमली, बझाङबाट हरेन्द्र कार्की, सन्तोष राना लगायत हुनुहुन्छ । यस्तै काभ्रेपलाञ्चोकका पासाङ तामाङ, राजेश तिवारी, गुल्मीका कल्पना सुनार, बाँकेका हिमाल कार्की, धादिङबाट केशव गुरूङ, दार्चुलाबाट दानसिं ठगुन्ना, रामेछापका राजु थापा, गोरखाबाट सन्दिप लोहनीलगायत एमालेमा प्रवेश गर्नुभएको छ ।

सो अवसरमा महासचिव पोखरेलले यतिवेला देश मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा केन्द्रित रहेको र निर्वाचनमा देशभक्त, प्रगतिशील, देश र जनता हितको पक्षमा रहेको नेकपा (एमाले) र कुनै गन्तव्य नभएको, व्यक्तिगत स्वार्थमा लागेको गठबन्धनबीचको प्रतिस्पर्धा हुन गइरहेको चर्चा गर्दै देश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको एमालेमा समाहित भएकोमा नवप्रवेशीहरूलाई पार्टीमा हार्दिक स्वागत छ भन्नुभयो । 

नवप्रवेशीहरूका तर्फबाट राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीले एमालेका अध्यक्ष केपी शर्मा ओलीको देशभक्तिपूर्ण अडान, देशको विकास र जनताको हितका लागि जसरी दृढतापूर्वक लाग्नुभएको छ, त्यसबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले गर्नुभएको थियो । 

Skip This