अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारमाथि विपक्षीको प्रश्न- अध्यादेशबाटै शासन चलाउने हो ?

सरकारमाथि विपक्षीको प्रश्न- अध्यादेशबाटै शासन चलाउने हो ?


काठमाडौं-विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्जमा भएको घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्दा संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था देखिएको उनको भनाइ थियो। संसद्लाई सक्रिय बनाएर सरकारका कामकारबाहीमाथि छलफल र निगरानी गर्नुपर्ने आवश्यकता रहेको भन्दै विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको उनले बताए।