अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि गाडीको यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने

आजदेखि गाडीको यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने


काठमाडौं-काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले लामो तथा छोटो दुरीका सवारी सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।