अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगको प्रस्ताव: वैशाखमा स्थानीय तह, मङ्सिरमा प्रदेशसभा चुनाव

निर्वाचन आयोगको प्रस्ताव: वैशाखमा स्थानीय तह, मङ्सिरमा प्रदेशसभा चुनाव


काठमाडौं-निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव गरेको छ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा आयोगले दुई चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव अघि सारेको हो।

आयोगले प्रस्ताव गरेको निर्वाचन समयतालिकाअनुसार आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको निर्वाचन हुनेछ। छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले आयोगको प्रस्तावमाथि आ-आफ्ना धारणा राखेका छन् ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र २०७९ मङ्सिर ४ गते प्रदेशसभाको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ ।

संविधानअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।