अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउँछ: अध्यक्ष ओली 

स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउँछ: अध्यक्ष ओली 


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन्।
आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले नै स्थानीय तहलाई बलियो बनाउने सुरु गरेको बताए। ‘स्थानीय तहको सबलीकरणका कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘त्यति बेला जनश्रमदान गरेर गाउँ गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो।’

अध्यक्ष ओलीले स्थानीय तह सबलीकरण हुँदा देशलाई कुनै हानी नहुने बताए। उनले स्थानीयलाई स्वायत्तता दिनुपर्ने बताए । ‘स्थानीय तहलाई कार्यकारी,विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ’ अध्यक्ष ओलीले भने ‘सक्षम स्थानीय तहबाटै जनताले सङ्घीयताको अनुभूत गर्न पाउँछन्।’

राष्ट्रपति,प्रधानमन्त्री,मन्त्री गाउँ गाउँ पुग्न नसक्ने तर राज्यको प्रतिनिधिको रूपमा स्थानीय तहका प्रतिनिधि जनताका घर घर पुग्नुपर्ने बताए।