हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरापलिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ ।
आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाका प्रहरीसमेत खटिरहेका छन् । आगो निभाउन उपमहानगरकै दुई वटा दमकल प्रयोग गरिएको छ ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पडि्कएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आगलागी भएपछि काठमाडौंमा एक प्राविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ ।’ क्षतिको पूरा विवरण आएको छैन ।’







प्रतिक्रिया