अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्यमोहनको हेरचाहमा नर्स, व्याकुल माइलाको मासिक ५० हजार भत्ता

सत्यमोहनको हेरचाहमा नर्स, व्याकुल माइलाको मासिक ५० हजार भत्ता


काठमाडौँ – सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

जोशी विगत केही दिनदेखि डेंगु संक्रमणका कारण अस्पताल भर्ना हुनु भएको छ । उहाँ मुटु तथा फोक्सोका रोगी हुन् । पछिल्लो केही महिनायता उहाँ बाहिर हिँड्डुल गर्न सक्ने अवस्थामा छैनन् ।

यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक रु.५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । यसअघि राईले सरकारबाट मासिक रु. २५ हजार रुपैयाँ भत्ता प्राप्त गर्दै आउनु भएको थियो ।