अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का स्वास्थ्यमन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

प्रदेश १ का स्वास्थ्यमन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर


विराटनगर – प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर कार्यकक्षबाट हटाउनु भएको छ ।

आज मन्त्री यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर राख्नु भएको हो ।

संघीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राखेको उहाँले बताउनु भयो ।

यादवले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र  मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’

यादव जसपा केन्द्रीय सदस्य पनि हुन् ।