अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सी चिनफिङद्वारा एसिया-प्रशान्त क्षेत्रमा सहकार्यका लागि २ करोड डलर लगानी घोषणा

सी चिनफिङद्वारा एसिया-प्रशान्त क्षेत्रमा सहकार्यका लागि २ करोड डलर लगानी घोषणा


काठमाडौँ-चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनसम्बन्धी नियमको समर्थन गरेका छन्।

चीनको सेन्जेनमा बुधबारदेखि जारी ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रकै अभिन्न हिस्सा रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने बताएका हुन् ।

उनले एसिया–प्रशान्त क्षेत्रमा आर्थिक तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनका लागि चीनले २ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरे । साथै, सेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरे ।

सम्बोधनका क्रममा सीले चीनको जरा एसिया–प्रशान्त क्षेत्रमा रहेको उल्लेख गर्दै यस क्षेत्रको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सम्मेलनका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताहरू एकै ठाउँमा भेला भएका छन् । उनीहरूले सम्मेलनका क्रममा सामूहिक तस्बिरसमेत खिचाएका छन् ।