अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको राष्ट्रिय भेला आज समापन गरिँदै, केन्द्रीय कमिटी बैठक आजै बस्ने

एमालेको राष्ट्रिय भेला आज समापन गरिँदै, केन्द्रीय कमिटी बैठक आजै बस्ने


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ।  माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

त्यस्तै, भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ।

भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ।

यसैबीच, आजै दिउँसो ३:०० बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ।

बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाहरूका विषयमा छलफल हुने जनाइएको छ ।