अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र


काठमाडौं – निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइ सक्न दलहरुलाई आग्रह गरेको छ ।  ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइ सक्न भनिएको छ । अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा ११० र प्रदेश सभामा २२० सांसद समानुपातिकबाट छानिने छन् ।