अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंमा सर्वोच्च अदालत खुल्लै रहने, बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने

दशैंमा सर्वोच्च अदालत खुल्लै रहने, बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने


काठमाडौं-सर्वोच्च अदालत दशैं बिदामा पनि खुल्ला रहने छ । मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि जारी राख्न दशैंमा समेत खुल्ला राख्ने जनाएको हो ।

घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी रहने छ । घटस्थापनाका दिनदेखि अदालतका अन्य काम बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्चले जनाएको छ ।

दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ । बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । न्यायाधीशहरूले दिन अनुसार पालैपालो बन्दी प्रत्यक्षीकरणको रिट हेर्नेछन् ।