अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानमा मनसुनी वर्षा र बाढीले १६ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा मनसुनी वर्षा र बाढीले १६ सयभन्दा बढीको मृत्यु


इस्लामाबाद – पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ । यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार ८६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सोमबार राति जनाएको छ ।

एनडीएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा ५८८ बालबालिका र ३३२ महिला रहेका छन् ।

देशको दक्षिणी प्रान्त सिन्ध यस प्रकोपबाट सबैभन्दा प्रभावित भएको जनाइएको छ । सिन्ध प्रान्तमा यस प्रकोपमा परी ७४७ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा क्रमशः ३२३ र ३०६ जनाको मृत्यु भएको छ ।

यसबाहेक, पाकिस्तानका विभिन्न भागमा २० लाख ४९ हजार ५३२ घर ध्वस्त भएका छन् । एघार लाख २० हजार २६१ पशुधनको मृत्यु भएको प्रतिवेदनले जनाइएको छ ।

बाढीबाट करिब तीन करोड ३० लाख ४६ हजार ३२९ मानिस र ८४ जिल्ला प्रभावित भएका छन् । यस वर्ष जारी रहेको यस प्रकोपमा परी १३ हजार ७४ किलोमिटर लामो सडक र ४१० पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।