अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिव योगेश भट्टराईद्वारा ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग

सचिव योगेश भट्टराईद्वारा ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग गर्नुभएको छ ।

‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ को अवसरमा बिहीबार सम्पन्न भएको ‘ताप्लेजुङ महिला हाफ म्याराथन’ मा प्रथम हुनुभएकी ताप्लेजुङ मैवाखोला गाँउपालिकाका समपाल्मु शेर्पालाई हौसला स्वरुप ६ हजार नगद सहयोग गर्नुभएको हो । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम हुनु भएको थियो ।

नेता भट्टराईले तेस्रो हुनुभएकी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाकी पेम्वाल्हामु शेर्पालाई पनि नगद ५ हजार प्रदान गर्नुभयो । शेर्पा ४ घण्टा ३१ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गदै तेस्रो हुनु भएको थियो ।

सचिव भट्टराईले विजेता शेर्पाद्वयलाई बधाई पनि दिनुभयो । साथै उहाँले खेल क्षेत्रको प्रगतिको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । खेल क्षेत्रमा अवसर आए र सहयोग चाहिएमा सम्पर्क गर्न समेत बिजेताहरूलाई आग्रह गर्नुभयो ।

म्याराथनमा दोश्रो स्थान भने भोजपुरकी छेम्बिमाया राई भएकी थिइन् ।