अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने


काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असोज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन्।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।

बलात्कारको आरोप लागेका सन्दीपले आफू नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने पनि बताएका छन्।

सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफूलाई कानुनी प्रणालीमा अटल विश्वास रहेको उल्लेख गरेका छन्। सन्दीपले आफूले छिटै नै न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन्। 

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा आफूलाई बलात्कार गरको भन्दै जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो। निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेको सम्झौता रद्द भएको थियो। 

सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए। तर त्यसपछि लामो समय सम्पर्कविहीन भएका लामिछानेले लामो समयपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किने बताएका थिए। 

तर यसअघि पनि छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरिएको थियो।