अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनास्लुमा फेरि हिमपहिरो

मनास्लुमा फेरि हिमपहिरो


काठमाडौं – मनास्लु हिमालमा फेरि हिमपहिरो खसेको छ । तर, कुनै मानवीय क्षति भएको छैन ।

आज बिहान करिब ९ बजेतिर हिमपहिरो खसेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाकै चुमनुव्री गाउँपालिका-१ स्थित पहिलो बेसक्याम्पमा हिमपहिरो खसेको हो ।

हिमपहिरोले त्यहाँका केही टेन्टमा क्षति पुगेको उहाँले बताउनु भयो । “तल्लो बेसक्याममा हिमपहिरो खसेको हो । मानवीय क्षति भएको छैन । केही टेन्टमा क्षति पुगेको जानकारी आएको छ,” उहाँले बताउनु भयो ।

हिमालमा यस किसिमका सानोतिनो पहिरो खस्नु सामान्य भएको उहाँको भनाइ छ ।

यसअघि, यही असोज १० गते मनास्लुको तेस्रो बेसक्याम्पमा हिमपहिरो खसेको थियो । त्यति बेला एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए । त्यति बेला बेसक्याम्प-३ मा हिमपहिरो खसेको हो । आज खसेको हिमपहिरो बेसक्याम्प–१ मा हो ।