अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीनवटा प्रदेशमा आंशिक बदली सहित हल्का वर्षाको सम्भावना

आज तीनवटा प्रदेशमा आंशिक बदली सहित हल्का वर्षाको सम्भावना


काठमाडौं – देशका विभिन्न भू–भागमा आज पनि पानी पर्ने भएको छ ।आज दिउँसो प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।