झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैं, तिहार, नेपाल सम्बत र छठ लगायत नेपालीहरुका सबै महान सांस्कृतिक पर्वहरुको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम राख्नु भएको छ ।
२०५१ सालदेखि बडादशैंको नवमीको दिन अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ ।
आज विर्तामोडको सिटी सेन्टरस्थित साई पाटी प्यालेसमा अध्यक्ष ओलीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथ कार्यकर्तालाई निमन्त्रणा गरिएको छ ।












प्रतिक्रिया