अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले दशैंको टीका लगाइदिने

अध्यक्ष ओलीले दशैंको टीका लगाइदिने


दमक – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका लगाइदिने भएका छन् ।

विजया दशमीको अवसरमा अध्यक्ष ओलीले भोली बिहान ९ बजेदेखि १० बजेसम्म गृहजिल्ला झापा दमक-९, शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरुलाई टिका लगाइदिने कार्यक्रम रहेकोछ ।

अध्यक्ष ओलीले वडादशैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।