दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैंको टिका दमक स्थित निवासमा ग्रहण गर्ने हुनुभएको छ ।
अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीबाट उहाँ र मेडम राधिका शाक्यले टिकाको साइत ११.५१ बजे दमक स्थित निवासमै टिका ग्रहणको कार्यक्रम रहेको जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार अध्यक्ष ओलीले विहान ९ बजे देखि १० बजेसम्म इच्छुक सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम रहेको छ । तीन दिन देखि झापामा रहनु भएका अध्यक्ष अध्यक्ष ओली आज दिउसो २ त्रजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया