झापा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु भएको छ ।
विजया दशमीको अवसरमा अध्यक्ष ओलीले बिहान ९ देखि १० बजेसम्म गृह जिल्ला झापा दमक-९, शान्ति मार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुक महानुभावहरूलाई टिका लगाइदिनु भएको हो ।
अध्यक्ष ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा हुनुहुन्छ। ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ ।
अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनुहुनेछ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बालबालिकालाई टीका लगाएर विजया दशमीको आशिर्वाद दिनु भयो ।
अध्यक्ष ओलीले बडादसैँ २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा सम्पूर्ण महानुभावहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
























प्रतिक्रिया