काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दसैँको टीका लगाइदिनुभएको छ ।
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा विजया दशमीको टीका लगाइएको हो। टीका लगाइएको तस्बिर प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सार्वजनिक गर्नुभएको हो ।
तस्बिरमा सबैको निधारमा रातो टीका लगाएको देखिन्छ भने अध्यक्ष प्रचण्डको भने निधार भने खाली। उहाँकी पत्नी सीता दाहाल पनि टीका लगाउने समूहमा देखिएकी छैनन्। उहाँ बिरामी हुनुहुन्छ ।









प्रतिक्रिया