अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा शुभसाइतमै टीका तथा प्रसाद ग्रहण (फोटोफिचर)

राष्ट्रपतिद्वारा शुभसाइतमै टीका तथा प्रसाद ग्रहण (फोटोफिचर)


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ।

विजया दशमीको दिन राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा राष्ट्रपतिले हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नु भएको हो ।

टीका कार्यक्रममा उहाँले आफ्ना छोरी, ज्वाइँ, नातिनी, आफन्त र सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिनु भएको थियो ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।  

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार  विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ। रासस 

Skip This