अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणी नदीमा ठूलो बाढी,आसपासमा उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीमा ठूलो बाढी,आसपासमा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं – अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।
चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।

अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।