दाङ – दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराउनु भएको छ ।
महासचिव पोखरेलले र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।
त्यस्तै दाङ क्षेत्र नं. २ ‘क’ मा एमालेबाट बलीभद्र राना र २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी दर्ता गरेका छन् ।
दाङ-२ मा नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा उम्मेदवार हुनुहुन्छ । उहाँलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।







प्रतिक्रिया