अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखसँग एमालेका पद्मा र गुरुको भेट, समसामयिक राजनीतिक विषयमा छलफल

सभामुखसँग एमालेका पद्मा र गुरुको भेट, समसामयिक राजनीतिक विषयमा छलफल


काठमाडौं-नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले सभामुख डीपी अर्यालसँग भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर एमाले नेताहरूले सभामुखसँग भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक अवस्था तथा संसदीय गतिविधिका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि सभामुखसँग भेट गरेका थिए। उनले सोमबार बसेको विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे सभामुखलाई जानकारी गराएका थिए।

सञ्चारगृहमा प्रहरी धरपकड तथा पक्राउ र सर्वोच्च अदालतमा बिचौलिया जोडिएको विषयलगायतका घटनामा संसदीय छानबिन हुनुपर्ने माग विपक्षी दलहरूले गरेका छन्। यी विषयमा छलफल गर्न विपक्षी दलहरूले संसद् बैठक बोलाउनसमेत माग गर्दै आएका छन्।