अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो उम्मेद्वारी क्षेत्रको विकासलाई रफ्तारमा लैजान : एलपी साँवा

मेरो उम्मेद्वारी क्षेत्रको विकासलाई रफ्तारमा लैजान : एलपी साँवा


झापा- नेकपा एमाले झापा क्षेत्र नं ४ बाट लालप्रसाद (एलपि) साँवा लिम्बूले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
यस अघि पनि सो क्षेत्रबाट चुनाव जितेका साँवाले आफ्नो उम्मेद्वारी क्षेत्रको विकास निर्माणलाई पूर्णता दिन भएको बताउनुभएको छ ।
उम्मेद्वारी दर्तापछि साँवाले भन्नुभयो ‘एउटा साँसदको रुपमा मैले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी नै छ । केही अधुरा काम छन् ति पुरा गर्नुछ । यस क्षेत्रका जनताको पहुँच सिंहदरबारसम्म स्थापित गर्नका लागि मेरो उम्मेद्वारी हो ।’


साँवाले आफू पाँचवर्ष यस क्षेत्रको जनप्रतिनिधी भए पनि १० वर्षदेखि निरन्तर प्रत्यक्ष रुपमा यस क्षेत्रका जनताको सेवामा खटेको बताउनुभयो । ‘२०७० सालमा यस क्षेत्रमा निर्वाचन हाँरे । तर मैले जनताको सेवा गर्न छोडिन । त्यसको मूल्यांकन २०७४ सालमा यहाँका मतदाताले गर्नुभयो’ साँवाले भन्नुभयो ‘२०७४ देखि २०७९ को बीचमा झन् धेरै काम गरें । त्यसको मूल्यांकन मतदाताले गर्नुहनेछ भन्ने विश्वास छ ।’
आफूलाई उम्मेद्वारका लागि सिफारिस गर्ने क्षेत्रीय,प्रदेश,केन्द्र र खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति आफू कृतज्ञ भएको साँवाको भनाइ छ ।

साँवासँगै प्रदेशसभाका लागि एमालेबाट राधाकृष्ण खनाल र राप्रपाबाट भक्ती सटौलाको उम्मेद्वारी दर्ता गरिएको छ ।