अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै

सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै


काठमाडौं-सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ ।

ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उहाँलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उहाँमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेंगु संक्रमण पुष्टि भएको थियो ।