अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको बताइएको छ ।

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएका थिए । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।