अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी र शिक्षकलाई तत्कालै कारबाही गर्न आयोगको निर्देशन

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी र शिक्षकलाई तत्कालै कारबाही गर्न आयोगको निर्देशन


काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सम्बन्धित कार्यालय प्रमुखहरुलाई आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।

कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन २०७३ बजोजिम आयोग सचिवालयले कारबाही प्रारम्भ गर्ने आयोगले चेतावनी दिएको छ ।

यस्तै, आयोगले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।