अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी बनायो : ओली

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी बनायो : ओली


काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी भएको बताउनुभएको छ । ओलीले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताउनुभएको हो ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो।‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।’ओलीले ट्वीटरमा लेखेका छन्, ‘अलविदा शताब्दी पुरुष १ हार्दिक श्रद्धासुमन१ परिवारजनमा गहिरो समवेदना ।’

२०७१ सालमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’सम्मान दिएको थियो।