अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्यमोहनको शरीर नजलाइने, अध्ययनका लागि किष्ट मेडिकल कलेजमा राखिने

सत्यमोहनको शरीर नजलाइने, अध्ययनका लागि किष्ट मेडिकल कलेजमा राखिने


काठमाडौं-शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने बताइएको छ ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । किष्ट मेडिकल कलेजमा आज बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको हो।

उहाँको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राखिने छ ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।