अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डद्वारा नुरप्रसाद अधिकारीमाथि ज्यादती, गारेखा जानै निषेध

प्रचण्डद्वारा नुरप्रसाद अधिकारीमाथि ज्यादती, गारेखा जानै निषेध


काठमाडौं – हरेक मानिसलाई आफ्नो देशभित्र निर्वाध आवागमन गर्ने अधिकार हुने नेपालको संविधानमा मौलिक अधिकारकारूपमा उल्लेख छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुरप्रसाद अधिकारीलाई आफ्नै जिल्ला गोरखामा आवागमन निषेध गर्नुभएको छ । आफ्नो जिल्ला घुम्न गएका अधिकारीलाई माओवादी कार्यकर्ताले नाङ्गेझार पारेर कुटपिट गरी काठमाडौं ल्याएर छाडिएको खुलासा भएको छ ।

अधिकारीले भन्नुभयो, ‘मलाई माओवादीका कार्यकर्ताले शरीरमा लगाएको लुगा खोलेर कुटपिट गरी प्रहरीलाई जिम्मा लगाएको र प्रहरीले काठमाडौं बसन्तपुरमा ल्याए छोडिदिए । म गोरखाको खोप्लाङ जाँदै थिएँ बाटोमा मलाई नाङ्गै पारेर मलाई गोरखा जान नपाउने बताए ।’

माओवादी कार्यकर्ताले आफूलाई प्रहरीको जिम्मा लाएको र स्थानीय प्रहरी चौकीका इन्स्पेक्टर रुपेश ढकालले गाडीमा राखेर काठमाडौं वसन्तपुरस्थित जनसेवा प्रहरीका डिएसपी शालिग्राम शर्माको जिम्मा लगाएको उहाँ बताउनुहुन्छ ।

कुनै कसूर भए मुद्दा चलाउनु पर्नेमा आफूलाई डिएसपी शर्माले त्यतिकै छाडिदिएको उहाँले बताउनुभयो । आफूलाई आँबुखैरेनी काटेर गोरखा नआउन प्रचण्डका कार्यकर्ताले र प्रहरीलेसमेत धम्की दिएको उहाँले बताउनुयभो । फरक विचारको मानिस भए पनि हरेक नेपालीलाई शान्पिूर्ण ढंगले आफ्नो विचार राख्न र आफ्नो विचारको प्रचार–प्रसार गर्ने सो विचारको आधारमा संगठन निर्माण गर्ने अधिकार हुन्छ । तर, नुरप्रसादको हकमा संविधान प्रदत्त सो अधिकार पनि खोसिएको छ ।

गोरखा जिल्ला नै स्थायी घर भएका नुरप्रसाद अधिकारी अनशन अवस्थामै मृत्यु भएका नन्दप्रसाद अधिकारी र हाल वीर अस्पतालमा अनशन अवस्थामै रहेकी गंगामाया अधिकारीका कान्छा छोरा हुन् । चितवन गएका बखत २०६१ सालमै माओवादी कार्यकर्ताले उहाँका दाजु कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । छोराको हत्या गर्ने दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै विभिन्न ठाउँ र निकायमा धाए पनि न्याय नपाएपछि नन्दप्रसादका पतिपत्नी काठमाडौंमा आमरण अनशन बसेका थिए । अनशनमा रहेकै अवस्थामा नन्दप्रसादको मृत्युभयो । तर, नुरप्रसाद भन्नुहुन्छ, ‘पिताको मृत्यु नभइ हत्या भएको हो ।’ आफ्नो दाजु र पिताका हत्यारालाई फाँसीको सजाय हुनु पर्ने नुरप्रसादको माग छ । उहाँ जघन्य भ्रष्ट्राचार हत्याराले फाँसीको सजाय पाउनु पर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

मुख्यरूपमा तत्कालि माओवादीका सर्वोच्च कमाण्डर प्रचण्ड र बाबुराम भट्टराईलाई फाँसीमा नझुण्ड्याएसम्म अभियानबाट विश्राम नलिने उहाँको अठोट छ । आफू मरे गोरखामै मर्ने बाँचे गोरखा बाँच्ने गरी फेरि गोरखा जान लागेको बताउनु हुँदै नुरप्रसादले अब कमण्डलु बोकेर गोरखामा न्याय माग्दै भिक्षाटन गर्ने योजना रहेको सुनाउनुभयो ।