अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा कांग्रेसका बागीसहित १० जनालाई निष्कासित

कैलालीमा कांग्रेसका बागीसहित १० जनालाई निष्कासित


कैलाली – नेपाली कांग्रेस कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरेको छ।

कांग्रेस जिल्ला कार्यसमिति कैलालीले बागी उम्मेदवार दिने ६ जना उम्मेदवार र तिनका प्रस्तावक, समर्थकलाई समेत ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

कारबाही पर्नेमा कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२) की भगवती पाठक ओझालाई कांग्रेसले कारबाही गरेको छ।

उम्मेदवार सहित तिनका प्रस्तावक समर्थक गरेर १० जना कांग्रेसको कारबाहीमा परेका हुन्। भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्रीलाई निष्काशित गरेका छन्।

यस्तै, क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि कांग्रेसले कारबाही गरेको छ।