काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिनुभएको छ ।
सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै अध्यक्ष ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताउनु भएको हो ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ’, उहाँले भन्नुभएको छ, ‘धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ।’
उहाँले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’







प्रतिक्रिया